सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैबीच सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।