नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।