काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ बाट लड्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुन आवश्यक छ । पछिल्ला केही महिनामा धेरै यस्ता खालका साइड इफेक्ट भएका बिरामी आएपछि गरिएको सर्वेक्षणमा कोभिड–१९ लाग्ने डरले अथवा रोग प्रतिरोधात्मक क्षमता बढाउँन मानिसहरूले सामाजिक सञ्जालमा आएका विभिन्न अफवाहको विश्वास गरी मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्दै बेसार, मेथी, अदुवा, लसुन, भिटामिन डी लगायतका औषधिको अत्यधिक सेवन गर्न थालेका छन् जसका कारण यसले साइड–इफेक्ट निम्त्याउनुका साथै मानिसमा अन्य रोगको जोखिम समेत बढाएको पाइएको छ ।

मुम्बईको अपोलो एन्ड फोर्टिस हस्पिटलकी इण्डोक्राइनोलोजिष्ट डा. तेजर लाथियाले यसको सेवनबाट पछिल्ला केही दिन यता मधुमेहका बिरामीमा भिटामिन डीको विषाक्तता (टक्सिसिटी) भइरहेको बताएकी छिन् ।

‘कोभिड–१९ बाट बँच्न भिटामिन डीले धेरै सहयोग पुर्याउनुका साथै कोभिडविरूद्धको रोग प्रतिरोधात्मक क्षमता अत्यधिक अभिवृद्धि गर्छ भन्ने अफवाह सामाजिक सञ्जालमा देखेपछि मसँग उपचार गर्न आएका एक बिरामीले हप्तामा एकपटक खानु पर्ने भिटामिन डीको औषधि दैनिकरूपमा सेवन गर्न थालेछ’ डा लाथियाले भनिन् ।

भिटामिन डी को अत्यधिक प्रयोगबाट ब्लड र युरिन क्याल्सियमको मात्रा बढ्न थाल्छ, जसले गर्दा टाउको दुख्ने, बान्ता हुने, डिहाइड्रेसन, चक्कर आउने जस्ता अन्य धेरै असरहरू देखिन्छन् । रगतमा भिटामिन डी को मात्रा १५० नानोग्राम पर मिलिलिटरभन्दा बढी भयो भने विषाक्तता हुन्छ र यसले विभिन्न असर देखाउन थाल्दछ ।

‘म सँग आएका ती बिरामीको रगतमा भिटामिन डीको मात्रा ३४८ नानोग्राम पर मिलिलिटर थियो । भाग्यवश उनलाई त्यस्तो नराम्रा असर देखिएनन् ।’ उनले भनिन् ।

उनका अनुसार पछिल्लो समय आएका कोभिड–१९ बाहेकका सबै बिरामीहरू यस्तै अफवाहका पछि लागेर यस्तै वा अन्य प्रकारका औषधिको मात्रा नमिलाई खाएर अस्पताल आएकाहरू छन् । ‘मैले प्रायः सबै बिरामीबाट इम्युनिटी बढाउने विभिन्न औषधिको बारेमा सुन्दै आएकी छु’ उनले भनिन्, ‘रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि अत्यधिक प्रयोग भएका मध्ये घरमा बनाइएको काँडा, जिंक, भिटामिन सी, भिटामिन डी र होमोप्याथिक अर्सेनिकम आल्बुम जस्ता औषधिहरू रहेका छन् ।’

बिरामीका यस्ता समस्या सुन्ने डा लाथियाका मात्र होइनन् । देशभरि नै मानिसहरू यस्ता अफवाहको पछि लाग्ने गरेका छन् । सामाजिक सञ्जालमा देखेको भरमा अदुवा, लसुन, बेसार, मेथी, घ्युकुमारीको जुस र भिटामिन डी लगायतका औषधिहरूको अत्यधिक प्रयोग गरिरहेका छन् ।

सामाजिक सञ्जालमा देखेको भरमा अदुवा, लसुन, बेसार, मेथी, घ्युकुमारीको जुस र भिटामिन डी लगायतका औषधिहरूको अत्यधिक प्रयोग गरिरहेका छन् ।

अस्पतालहरुमा यस्ता धेरै किसिमका बिरामीहरू आउने गरेका छन् । जसमध्ये धेरैले सामाजिक सञ्जालमा सुनेको भरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने भन्दै विभिन्न औषधिहरूको विज्ञको सल्लाहबिना नै प्रयोग गर्ने गरेका छन् । यसको एउटा कारण भनेको मानिसहरूले कोभिड–१९ संक्रमितसँगको सम्पर्कपछि डराएर मात्रा नमिलाई त्यस्ता औषधिको प्रयोग गर्नु हो ।

केरलास्थित कोसिन ग्यास्ट्रोइन्टेरोलोजी हेपाटोलोजी तथा लिभर ट्रान्सप्लान्ट मेडिसिनका विशेषज्ञ डा क्रायक एबी फिलिप्स भन्छन्, ‘सामाजिक सञ्जालमा फैलिएका केही सरकारद्वारा समेत समर्थित तथ्यहीन अफवाहका पछि लागेर मानिसहरूले आफ्नो दैनिक जीवनमा यस्ता अस्वस्थ वस्तु प्रयोग गरिरहेका छन् । जसको फलस्वरूप मानिसमा विभिन्न रोगहरू देखा पर्न थालेका छन् ।’

सरकारमा भएका व्यक्तिले नै यस्ता कुराको समर्थन गर्नाले र मानिसहरूलाई यस्ता कुरा प्रयोग गर्न भनिदिने तर यसको मात्रा र कस्ता मानिसले यस्ता औषधिको प्रयोग गर्नु हुँदैन भनेर नभनिदिँदा धेरैलाई समस्या परिरहेको डाक्टरहरू बताउने गर्छन् ।

धेरै आयुर्वेदिक र यस्ता भिटामिनहरू मात्रा मिलाएर खाँदा धेरै असर गर्दैन तर मात्रा नमिलाई आफ्नो खुसी गरेर अथवा अफवाहका पछि लागेर खानाले हाम्रो स्वास्थ्यमा धेरै ठूलो असर गरिरहेको हुन्छ । कतिपयले पहिलेदेखि नै दीर्घरोगका विभिन्न औषधिहरू प्रयोग गरिरहेका हुन सक्छन्, त्यस्ता व्यक्तिलाई कतिपय यस्ता कुराहरू विषाक्तसमेत बन्न सक्छन् । यस्तो हुँदा डरलाग्दो अवस्था सिर्जना हुने सम्भावना हुन्छ ।

प्राकृतिक उत्पादनको अत्यधिक प्रयोगबाट हुने साइड–इफेक्ट

विभिन्न क्षेत्रका डाक्टरहरूले अहिले यस्ता घटनाहरू भोगिरहेका छन् । डा. फिलिप्स भन्छन्, ‘मेथीको अत्यधिक प्रयोगले मानिसहरूलाई विभिन्न साइड इफेक्ट भएर धेरै बिरामीहरूको उपचार मैले गरेको छु ।’ केरलामा कार्यरत डाक्टरका अनुसार मेथीको अत्यधिक प्रयोगले रगतलाई पातल्याउने काम गर्छ, जसले गर्दा कलेजो सम्बन्धी समस्या भए पनि नभए पनि रक्तस्रावको समस्या पैदा हुने गर्दछ ।

केरलामा कार्यरत डाक्टरका अनुसार मेथीको अत्यधिक प्रयोगले रगतलाई पातल्याउने काम गर्छ, जसले गर्दा कलेजो सम्बन्धी समस्या भए पनि नभए पनि रक्तस्रावको समस्या पैदा हुने गर्दछ ।

दिल्लीस्थित मेदान्त अस्पतालका इण्डोक्राइनोलो एन्ड डाइबिटीजका सिनियर कन्सल्ट्यान्ट डा एम सफी कुचेले एक ट्वीट गर्दै बेसारको अत्यधिक प्रयोगबाट आफ्ना एक बिरामीमा आँखा पहेंलो हुने समस्या देखिएको उल्लेख गरे । ट्वीटमा उनले लेखेका छन्, ‘हिजो मैले एक जना मधुमेहका बिरामीलाई हेरें । उनको बिलिरूबिन सामान्य थियो । उनको आँखा सामान्यावस्थाको भन्दा पहेंलो थियो तर उनमा कलेजोको कुनै समस्या थिएन । कारणः उनले कोभिड–१९ बाट बच्नका लागि पछिल्ला २–३ महिना यता एकदिनमा हरेक पटक २ टेबलचम्चा बेसार पानीमा मिसाएर पिउने गरेका रहेछन् ।’

धेरै बिरामीहरु जसले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेदिक औषधिको प्रयोग गरिरहेका छन् । अस्पतालहरुमा हरेक यस्ता बिरामी आउने गरेका छन्, जसले कोभिडको डरले इम्युनिटी बुस्टरको नाममा अनेक औषधिहरूको अत्यधिक प्रयोग गरिरहेका छन् ।

‘कोभिडबाट बँच्न यस्ता औषधिहरूको अत्यधिक प्रयोग गर्नाले यो भन्दा पनि अन्य रोगको जोखिम बढिरहेको देख्दा दुःख लाग्छ’ डा जैन भन्छन्, ‘अश्वगन्धा, धेरै औषधिहरू मिसाएर खाइने काँडा, च्यवनप्रास जस्ता उत्पादनको अत्यधिक प्रयोगले पाचन प्रणालीमा समस्या निम्त्याउने गर्दछन् ।’

त्यस्तै एक अध्ययन अनुसार, धेरैले इम्युनिटी बुस्टर भन्दै विभिन्न औषधि बिक्री गरेको पाइएको छ । हेल्थ रिसर्च फर्मका प्रोन्टो कन्सल्टद्वारा गरिएको एक सर्वेक्षणमा रोग प्रतिरोधात्मक क्षमता बढाउने नाममा औषधि मात्र नभएर खाद्यान्नहरू समेत बिक्री भइरहेको पाइएको थियो । हरेक १ सय औषधिको बिलमा ९२ औषधि रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिहरू पाइए’ उक्त सर्वेक्षणमा उल्लेख गरिएको छ । मह, च्यवनप्रास, अदुवा, मोरिंगा, ओलिफेरा, करेला, हर्वल चिया, तुलसी, बेसार, कागती आदी आयुर्वेदिक उत्पादनको बिक्री ह्वात्तै बढेको छ ।

यस्ता औषधिहरूको प्रयोग गर्दा विज्ञसँग सल्लाह गरेर मात्र मात्रा मिलाएर प्रयोग गर्नका लागि सुझाउने गरेका छन् । नत्र अन्य रोगका समस्या झेल्नु पर्ने हुन सक्ने डाक्टरहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah