मेष – बोली वचनले राम्रो प्रभाव पार्नेछ । भोजनको सुख मिल्नुका साथै पारिवारिक भेटघाट बढ्नेछ । धन आर्जनको श्रोत खुल्ने एवम्आफन्तबाट धनको सहयोग मिल्नेछ । शैक्षिक एवम सामाजिक क्षेत्रमा पहिचान बढ्ने एवम मानसम्मानको योग देखिन्छ । साताको अन्त्यमा भने घरायसी विवादमा परिने एवम मित्रबाट सामान्य धोका हुनेछ । जीवनसाथीको स्वास्थ्यमा गडबडी एवम् शीरदर्दको योग देखिन्छ । पारिवारिक सदस्यर्को स्वास्थ्यमा बाधा हुन सक्नेछ ।

वृष – सवारी सुख एवं सुखसयलमा बढी मन जानेछ । प्रेममा प्रगति हुनेछ । मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिने एवम् मनोरञ्जनमा खर्च हुनेछ । व्यापारमा भने राम्रो आम्दानी हुनेछ । भोजभतेरमा सहभागिता मिल्ने एवम् माइती मावलीबाट धनको सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा खर्च बढ्ने एवम् यात्रामा शारिरीक कष्ट हुनेछ । पितृपक्षबाट सहयोग मिल्ने तथा उच्च व्यक्तिहरुबाट सद्भाव मिल्नेछ ।

मिथुन – यात्रामा धनको खर्च हुनेछ । अनावश्यक खर्चले चिन्ता बढ्नेछ । स्वास्थ्यमा बाधा एवम् पारिवारिक झमेला हुनेछ । यात्रामा समस्यापर्ने एवम सरसामान हराउन सक्नेछ । मानसिक चिन्ता बढ्नाले काम अधुरो रहनेछ । शैक्षिक क्षेत्र एवम् होटल व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जागिर एवम् रोजगारीमा भने प्रगति एवम ठुलाबडाको साथ मिल्नेछ । सन्तानको प्रगति एवम् आम्दानीको स्तर बढ्नाले पुराना काममा सफलता मिल्नेछ ।

कर्कट – साताको शुरुमा व्यवसायबाट आम्दानी हुनेछ । महिलावर्गबाट सहयोग एवम् कृषि तथा होटल व्यवसायमा धन आर्जन हुनेछ । साताको मध्यमा भने सामान्य खर्च बढ्ने एवम् यात्रा कष्टकर हुनेछ । अनावश्यक विवाद निम्तिने तथा मातृपक्षको स्वास्थ्यमा समस्या आउनेछ । खानपिनको कारणले समस्या आउने तथा बोली वचनको कारणले मित्रता टुट्नेछ । रिसको आवेगमा धन क्षति हुनेछ । साताको अन्त्यमा भने काममा प्रगति मिल्ने एवम् नयाँ योजनामा लगानी हुनेछ ।

सिंह – नयाँ काममा लगानी हुनेछ । नोकरी रोजगारीमा फाइदा मिल्नेछ । जागिरको सम्भावना प्रबल रहेको छ । आम्दानी बढ्ने एवम् कृषि, पशुचौपायाबाट राम्रो आम्दानी हुनेछ । पारिवारिक स्वास्थ्यमा भने समस्या आउने एवम् जीवन साथीसँगको सम्बन्ध सामान्य धमिलो हुनेछ । धर्मकर्ममा भने रुचि एवम् सामाजिक क्षेत्रमा पहिचान बन्नेछ । साताको अन्त्यमा भने खर्च बढ्ने एवम् सानो यात्राको योग बन्नेछ ।

कन्या – थाती रहेको काम सुचारु हुनेछ । धार्मिक एवम परोपकार र सामुहिक कार्यमा संलग्नता बढ्नेछ । विदेशबाट फाइदा अधुरा काम सुचारु हुनेछ । राजनीतिक लाभ मिल्ने एवम् ठूलाबडाको साथ रहनेछ । आम्दानी बढ्नाले धनको कारोबारमा सन्तुष्टि मिल्नेछ । प्रेममा भने सामान्य भनाभन एवम् बोलीबचनको कारणले मित्रता टुट्नेछ । खेलकुद एवम् प्रतिस्पर्धामा भने राम्रै जित मिल्नेछ । मित्रहरुको साथले अप्ठेरो कामबाट छुटकारा मिल्नेछ ।

तुला – साताको शुरुमा स्वास्थ्यमा गडबडी एवम् काममा बाधा आउनेछ । अनावश्यक लाञ्छना लाग्ने एवम् बिगार्नेहरु अघि सर्नेछन् । साताको मध्यमा भने काममा प्रगति मिल्ने, विदेशबाट फाइदा हुने, सामाजिक एवम धार्मिक कार्यमा संलग्नता बढ्ने देखिन्छ । सन्तानको स्वास्थ्यमा गडबडी एवम् प्रेममा किचलो हुनेछ । साताको अन्त्यमा भने प्रतिष्ठा बढ्ने एवम् नोकरी, रोजगारी क्षेत्रमा अवसर मिल्नेछ ।

वृश्चिक– साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ । साताको मध्यमा भने रोकावट एवम् बाधाको सामना गर्नुपर्नेछ । अपजस मिल्न सक्ने एवम् स्वास्थ्यमा गडबडी देखिन्छ । अध्ययन पक्ष कमजोर रहनेछ । अनावश्यक खर्चले मानसिक तनाव बढाउनेछ । साताको अन्त्यमा भने काममा सुधार हुने एवम् सामाजिक प्रतिष्ठा मिल्नेछ ।

धनु – मनोरन्जनमा बढी ध्यान जानेछ । घरबाहिरको काममा प्रगति मिल्ने एवम् साझेदारी लगानीमा फाइदा आउन थाल्नेछ । प्रतिस्पर्धा एवम् खेलकुदमा विजय मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम् विपक्षीसँग जित मिल्नेछ । प्रेममा प्रगति एवम् वैवाहिक कुरा अघि बढ्नेछ । व्यावसायिक यात्रा हुने एवम् लगानीमा फाइदा मिल्नेछ । सन्तानको सहयोग एवम् प्रगति हुनेछ । विद्याध्ययन एवम् शैक्षिक क्षेत्रमा सन्तुष्टि मिल्नेछ । पाचन गडबडीले सामान्य स्वास्थय बाधा रहन्छ ।

मकर – अचानक धनको सुख मिल्नेछ । कला संगीतको पाटो बलीयो एवम् आम्दामी मूलक रहनेछ । अध्ययनमा प्रगति देखिन्छ । सन्तानको सहयोग बढ्ने एवम् मातृपक्षबाट धनको सहयोग मिल्नेछ । होटल एवम् कृषि व्यवसायमा धनआर्जन हुनेछ । साताको मध्यमा भने वादविवाद हुन सक्ने एवम् घरबाहिरको काममा प्रगति मिल्नेछ । खेलकुदमा भने प्रगति मिल्ने एवम् जीवन साथीको सहयोगले व्यवसायमा राहत हुनेछ । बोलीको कारणले शत्रुता बढ्ने एवम् आफन्त भित्रमा धनको विवाद बढ्नेछ ।

कुम्भ – चिसोको कारणले स्वास्थ्यमा बाधा आउनेछ । काममा झमेला आउने एवम् मानसिक चिन्ता थपिनेछ । घरायसी सल्लाह नमिल्नाले आपसी विवाद बढ्नेछ । स्त्री पक्षसँग मनमुटाव एवम् व्यर्थ झगडा हुनेछ । साताको मध्यमा भने व्यापारमा लाभ एवम् व्यवसायबाट सन्तुष्टि मिल्नेछ । सन्ततीको सुख बढ्ने एवम् विरोधीसँग सहकार्य हुनेछ । दाँतको समस्या एवम् नाक, कान घाँटीको समस्या हुनेछ । दाजुभाइमा सामान्य कलह एवम् पारिवारिक दुरी बढ्नेछ ।

मीन – नयाँ योजनामा जोस जाँगर बढ्नेछ । कृषि एवम् पशुचौपायाबाट आम्दामी हुनेछ । विदेशको काम बन्ने एवम् आफन्तको सहयोगले धनको कारोबारमा सजिलो हुनेछ । छोटो यात्राको सुख मिल्नेछ । दाजुभाइ एवम् आफन्तबाट सहयोग तथा सद्भाव मिल्नेछ । साताको मध्यमा भने चिन्ता बढ्ने, स्वास्थ्यमा समस्या आउने एवम् घरायसी विवाद निम्तिनेछ । स्वास्थ्यमा समस्या एवम् यात्रामा बढी खर्च हुनेछ । बोली बचनको प्रभावले भने ठुलाबडासँग राम्रो प्रभाव पर्नेछ । आम्दानी बढ्नाले पुराना व्यवहार मिल्नेछ ।

प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय