दमक/ दमक–४ स्थित जानकी टोलमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

हिजो दिउँसो उत्तर दक्षिण सडक खण्डमा दक्षिणबाट उतर जादै गरेको मे १ त ६१९६ नं. को ट्याक्टरले बाटोमा खेल्दै गरेका स्थानीय तुलसी प्रसाद धिमालका ८ बर्षिय छोरा जेनिस धिमाललाई ठक्कर दिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ठक्करबाट गम्भिर घाइते भएका जेनिसको अरनिको अस्पताल उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । ट्याक्टर चालक धनेश्वर दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।