भान्सामा खाना बनाउनु सहज छैन । मिठाे खाना बनाउन सीप चाहिन्छ।
हामी यहाँ केही टिप्स दिँदैछौं जसलाई अपनाएर तपाईं मिठाे खाना बनाउन सक्नुहुन्छ ।
-बेकिङ गर्नुअघि ओभनलाई अलिकति तताउनुस् । तातिसकेपछि बल्ल त्यसभित्र बेक गर्ने कुरा राख्नुस्।
-केही कुरा उमाल्नुछ भने प्रेसर कूकरको ढकनी ध्यानपूर्वक बन्द गर्नुस् । यसो गर्दा बाफ छेउबाट फुत्किन पाउँदैन । अनि आगो मध्यम नै राख्नुस् जसले गर्दा प्रेसरबाट बाफका साथै सबै पानी बगेर नजाओस् । यसो गर्नुभयो भने खाना छिट्टो उम्लिन्छ र ग्यासको पनि बचत हुन्छ ।
-झोल तरकारी खाने हो भने पहिला भुट्नुस् र अर्को चुलोमा पानी उमालिराख्नुस् । त्यो उम्लेको पानी हालेर पकाउँदा मीठो तरकारी बन्छ। प्याज भुट्नका लागि त्यसमा अलिकति नून हाल्नुस् । त्यसो गर्दा चाँडै पाक्छ ।
-काँक्रोलाई बीचबाट पिटक्क भाँच्नुस्, काट्ने होइन । यसो गर्दा तीतो भाग आउँदैन । भान्सामा तीखो चक्कु र फूड प्रोसेसर राख्नुभयो भने छिट्टै र सजिलै तरकारी काट्न पाउनुहुन्छ र समय बच्छ ।
-फलामको कराईमा खाना पकाउनु र खानुभयो भने शरीरमा आइरनको कमी पूरा हुन्छ ।
-दामी पूरी बनाउनुछ भने दूधले पीठो मुछ्नुस् ।
-पकौडा बनाउँदा बेसनमा कागतीको रस हाल्नुभयो भने पकौडाले धेर तेल सोस्दैनन् र कुरुमकुरुम बन्छन् ।



