चिसो मौसममा विभिन्न खालका संक्रामक भाइरसहरू सक्रिय भइरहेका हुन्छन् । जसले गर्दा मानव शरीरमा सामान्य रुघाखोकी, ज्वरो आउने तथा टन्सिलजस्ता रोगहरूको संक्रमण हुने जोखिम बढी हुन्छ । यस्ता समस्याबाट जोगिन भीडभाडमा नजाने, जानै परे सावधानी अपनाउनु पर्छ।

अहिले कोरोना भाइरसको प्रभावबाट जोगिन मानिसहरूले अनिवार्य मास्कको प्रयोग गरिरहेका छन् । तर, सामान्य अवस्थामा पनि बाहिर निस्कँदा, भीडभाडमा जाँदा मास्क अनिवार्य गर्दा धेरैजसो संक्रामक रोगबाट बच्न सकिन्छ । साथै खानपान र सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

मौसमी रुघाखोकी लागेका व्यक्तिले अरूलाई नसरोस् भन्नका लागि आफूले प्रयोग गरेका रुमाल या टिस्यु पेपर जथाभाबी नराख्ने, सुरक्षित ठाउँमा मात्र राख्ने गर्नुपर्छ। छुट्टै ठाउँमा बसेमा अरूलाई संक्रमण हुँदैन।

हातबाट भाइरस संक्रमण नहोस् भनेर स्यानिटाइजर प्रयोग गर्ने। सार्वजनिक स्थलका झ्याल, ढोका या बसका डण्डी छोएर त्यही हातले आँखा, नाक, मुख नछुने। किनकि यी भागबाट भाइरस संक्रमण हुनसक्छ।

पोसिलो खानेकुरामा जोड दिने

शरीर स्वस्थ्य राख्न महत्वपूर्ण भूमिका खानपानकै हुन्छ । उपयोगी खानपानले मात्रै शरीरलाई स्फूर्ति दिनसक्छ । त्यसैले सकभर चिनी र चिल्लो खानेकुरा कम खानुहोस् । तर भिटामिन बी, सी, डी र ई भएका खानेकुरा खानामा समावेश गर्नुहोस् ।

पर्याप्त मात्रामा तातो झोल, अन्डा, माछा, मासु, सागपात, मौसमी फलफूल, गेडागुडी, तरकारी, पिस्ता, काजु, ओखर, एभोकार्डो, कागती, मौसम, सुन्तला जुनार, स्ट्रबेरीजस्ता चिजबिज प्रशस्त मात्रामा खाने ।

पर्याप्त पानी पिउने

चिसो मौसममा हाम्रो शरीरले पानीको आवश्यकता महशुस नगर्ने हुनाले खासै पानीको प्यास लाग्दैन । तर, पनि स्वस्थ शरीरका लागि जाडोमा पानी प्रशस्त पिउनु अनिवार्य हो ।

पानीले शरीर मात्रै स्वस्थ्य राख्दैन, छालालाई सुन्दर बनाउन र शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न पनि पानीको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले बरु तातो पानी तथा खानामा पनि झोलिलो पदार्थलाई विशेष जोड दिनुपर्दछ ।

शारीरिक अभ्यासमा जोड

शरीर जति चलायमान हुन्छ त्यति नै स्वस्थ हुन्छ । अहिलेका अधिकांश मानिसहरुलाई शारीरिक अभ्यास नगरेकै कारण विभिन्न रोगले आक्रमण गरिहेको हुन्छ । त्यसैले स्वस्थ्य शरीरका लागि शारीरिक अभ्यास अनिवार्य हो । जाडोमा बिहानै उठ्न जो कोहीलाई मन लाग्दैन । तर, शरीर स्वस्थ राख्नका लागि सकभर आफू सुत्ने कोठाभित्रै सामान्य अभ्यास पनि गर्न सकिन्छ ।

जसले शरीर स्वस्थ मात्रै होइन कि, दिमाग तेजिलो बनाउन पनि मद्दत गर्दछ । शारीरिक श्रम गरेनौं भने हामीले खाएका खाना शरीरमा जम्मा भएर बस्छ र त्यसले तौल तथा मोटोपन बढाउँछ। चिसोमा बाह्य सम्पर्क कम हुने डिप्रेसन समेत हुने खतरा हुन्छ। त्यसकारण घाम लागेका बेला बाहिर फेर निस्कने साथीहरूसँग चियापान तथा भेटघाट गर्ने गर्ने गर्नुपर्छ। यसले मानिसलाई सक्रिय र फुर्तिलो बनाउँछ।

शरीरलाई न्यानो राख्नुहोस्

शरीरमा चिसो पसेमा विभिन्न रोग लाग्नसक्ने भएकाले चिसोबाट जोगिनुपर्छ। यसका लागि तातो सुप तथा खानेकुरा सेवनका साथै न्यानो कपडा लगाउनुपर्छ। जाडो मौसम वृद्धवृद्धा र दीर्घरोगीको लागि ज्यादा कष्टकर हुने भएकाले उनीहरूले विशेष सजगता अपनाउनुपर्छ।

चिसोका कारण हामी घरका झ्याल–ढोका प्रायः बन्द राख्छौँ । जसका कारण कोठामा हावा छिर्न पाउँदैन र घाम नपर्ने भागमा ढुसी उम्रिन सक्छ।

यस्ता ढुसीले रुघाखोकी लाग्ने, नाक चिलाउने, आँखा चिलाउने जस्ता एलर्जीका समस्या हुन सक्छ। यसकारण घरमा बेलाबखत झ्याल–ढोका खोलेर घरमा हावा तथा घाम छिर्न दिनुपर्छ। साथै सफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah