चन्द्रागिरी हिल्सको आइपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि आइपीओ बिक्री खुला गरेको हो ।
चन्द्रागिरीले ३ लाख ६ हजार ८ सय १९ कित्ता आइपीओ जारी गरेको हो । चन्द्रागिरी हिल्सले १ सय अंकित मूल्यमा ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

यसमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३, ४, ६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु) तथा साविकको महादेवस्थान गाविसका वडा नं ३, ४, ५, ६, ७ र ८ का बासिन्दाले आवेदन दिन सक्नेछन् । साथै, मकवानपुर जिल्ला अन्तर्गतको थाहा नगरपालिका वडा नं ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नेपाली नगरिकले आवेदन दिन पाउनेछन् ।

कम्पनीले जारी गर्न लागेको उक्त आइपीओमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन । सो समयमा आइपीओ बिक्री नभएमा पुस १६ गतेसम्म आइपीओ बिक्री हुने कम्पनीले जनाएको छ । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन पाउनेछन । स्थानीयलाई बिक्री गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ खुला गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah