झापाको दमकको वडाध्यक्षमा एकमात्र महिला उम्मेदवार नेकपा एमालेले उठाएको पाइएको छ । दशवटा वडा रहेका दमकमा प्रमुख राजनीतिक दल कसैले पनि महिलालाइ वडाध्यक्षमा उठाएको छैन । नेकपा एमालेले दमकको साविक दमक १२ हला वडा नं. ७ मा महिला वडाध्यक्ष उठाएको हो ।

नेकपा एमालेकी महिला नेतृ निर्मला पाठकलाइ एमालेले वडाध्यक्ष उठाएको हो । सर्वसम्मत रुपमा वडाबाट पाठकको नाम आएकाले अहिले सबै मतदाताहरु उत्साहित भएर मत मागिरहेको स्थानीय एमाले नेता श्याम कार्कीले बताए । यस वडामा पाठकको जित शुनिश्चित रहेको पनि उनको भनाइ रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाठक नेकपा एमालेको जिल्ला सदस्य हुन् । उनि महिलाहरुको हकअधिकारको क्षेत्रमा बिभिन्न संघसंगठनहरुमा रहेर समेत काम गरिसकेकीछन् । पाठकले नगरमा एउटा पनि महिला वडाध्यक्ष कसैले नउठाएको बताउदै आफू यस वडालाइ नमूना बनाएर देखाउने बताइन् ।

५ बर्ष भित्रमा दमकको यस वडाको पहिचान नै दमकको नमूना वाड बनाउने भन्दै आफूलाइ मतदाताहरुले धेरै उत्साह थपेको पाठकले जनाइन् । उनले यसपटक यहाँका वडाबासी मतदाताले महिला वडाध्यक्ष बनाएर इतिहास रच्ने जनाउदै आफू सधै वडाबासीको सेवामा समर्पित रहने प्रतिबद्धता जनाइन् ।

महिला आन्दोलनकि अग्रणी इमान्दार, शिक्षित, बिकाशप्रेमी, पुर्व जनप्रतिनिधि,  नारीएकता नायायिक मंञ्चकी पुर्वसचिब, सामुदायिक प्रहरी सेवाकेन्द्रकी उपसचिव, सुनौलो अभियान नेपालकी कोषाध्यक्ष, श्रीजनसिल महिला समुहकी अध्यक्ष रहेको अनुभव बोकेकी पाठक क्षमतावान भएकाले नै यस वडामा सर्वसम्मत नाम आएको स्थानीय केदार घिमिरेले बताए