काठमाडौं । लिम्बू कल्चर समेटिएको गीत ‘च्याङ धुम च्याङ’ सार्वजनिक भएको छ । उक्त गीतमा अग्नि लावतीको शब्द र संगीत आङखेवा लिम्बूको संगीत रहेको छ । यस गीतमा अग्नि लावती र सुनिता थेगिमको स्वर रहेको छ ।
संगीत आङखेवाकै निर्देशन रहेको गीतको भिडियोमा अग्निी र रेन्सा आङखेवा लिम्बूले मुख्य अभिनय गरेका छन् । रेन्साले यसै भिडियोमार्फत मोडलिङमा डेब्यू गरेकी हुन् । सुमन तामाङले खिचेको भिडियोलाई नबिन निरौलाको सम्पादनमा सुस्मिता आङखेवा लिम्बू, देवेन्द्र लावती र विष्णु आङखेवाको पनि अभिनय हेर्न सकिन्छ ।
‘च्याङ धुम च्याङ’ गीतको यो भिडियोलाई पाँचथरको यासोकमा छायाँकन गरिएको हो । भिडियोमा लिम्बू समुदायको विवाह संस्कारलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । संगीतकार तथा गायक संगीत आङखेवा लिम्बूको संगीतमा केही दिनअघि मात्रै पालाम ‘अन्दङ फूङ’ रिजिल भएको थियो । ‘अन्दङ फूङ’ लाई पनि दर्शक तथा श्रोताले रुचाएका छन् ।



