पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४०२ महिला र ६२२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामै देशभर २२०६ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको छ ।
सो बीचमा ६ हजार ७४ जनाको कोरोना परीक्षण भएको थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने निको हुनेको संख्या २ लाख २४ हजार ५३ जना रहेको छ ।
यस्तै देशभर सक्रिय संक्रमित १४ हजार २५५ जना रहँदा निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।

हालसम्म कोरोनाबाट कुल १५७७ जनाले ज्यान गुमाउँदै अझैपनि ५३६ जना क्वारेन्टिनमा रहेका छन् । यसैगरी शनिबार काठमाडौं उपत्यकामा ४६० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय