नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा २०० रुपैयाँ घटेर ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।