काठमाडौं। आज सुनको भाउ एक हजार ५०० रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको भाउ प्रतितोला ९४ हजार १०० रूपैयाँ कायम छ। हिजो प्रतितोला ९२ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुन प्रतितोला ९३ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतितोला ३० रूपैयाँ बढेको चाँदी एक हजार २३५ रूपैयाँ तोकिएको छ।



