काठमाडौं । चर्चित गीत ‘मेरो एक्सको छम्मा’की गायिका सिर्जना खत्री र गायक टेक अधिकारीको स्वर रहेको ‘ओइ माया’ सार्वजनिक भएको छ ।

टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा एरेन्ज रहेको गीतको भिडियो पनि बनेको छ । जसमा हाँस्यकलाकार सुबोध गौतम(एदुमे) र आयुष्मा कार्कीको साथमा राजु भुजेल, देव बराल, फरिता खड्कालगायतको अभिनय देख्न सकिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

युवराज खत्रीको निर्देशन रहेको भिडियोमा श्याम तामाङको छायाँकन, प्रविन थापाको कोरियोग्राफी रहेको छ ।

https://youtu.be/yQnRS1J_Jj0