रुसको आर्खानगेल्स्क शहरमा एक महिला बाथटबमा नुहाइरहेको बेलामा आईफोनको चार्जर खसेपछि करेन्ट लागेर मरेकी छन् ।

ओलेस्या सेमेनोभा नामक ती महिलालाई उनीसँगै फ्ल्याटमा बस्ने साथीले मृत अवस्थामा फेला पारेकी हुन् ।

म चिच्याएँ, उनलाई हल्लाएँ तर उनको रंग उडेको थियो, सास फेरिरहेकी थिइनन् र जीवनका कुनै लक्षण देखिएका थिएनन्,’ साथी दारियाले बताइन् ।

‘मलाई एकदमै डर लाग्यो । मैले उनलाई छुँदा बिजुलीको झट्का लाग्यो । पानीमा आईफोन थियो र त्यो चार्ज भइरहेको थियो ।’

कपडा पसलमा काम गर्ने सेमेनोभाले नुहाउँदै गर्दा चार्जमा राखेको आईफोन पानीमा खसेको अनि त्यसैले उनको मृत्यु गराएको चिकित्सकहरूले पत्ता लगाए ।

रुसको संकटकालीन मन्त्रालयले यस घटनाबाट सबैले पाठ सिक्नुपर्ने भन्दै चेतावनी जारी गरेको छ ।

पानी नजिक फोन चार्ज नगर्न उसले चेतावनी दिएको छ ।

रुसमा यसरी चार्ज भइरहेको फोनले करेन्ट लागेर हालैको समयमा मानिसहरूको मृत्यु भएपछि चेतावनी जारी गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah