काठमाडौं । आज(आइतवार) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि यसअघिको शुक्रवारझैँ छापावाला सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५० नै कायम रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १२ सय रहेको महासंघले जनाएको छ । यसअघि शुक्रवार पनि चाँदी १२ सयमै कारोबार भएको थियो ।