आजकलका मानिसहरू नातासम्बन्धको महत्त्वका बारेमा थाहा पाउँदैनन् । तर चीनमा एक ब्वाईफ्रेन्डले आफ्नी गर्लफ्रेन्डलाई आराम दिनका लागि एउटा अचम्मको काम गरेको छ ।
उसले आफ्नी गर्लफ्रेन्डका गोडालाई आराम दिनका लागि उसको गुलाबी रंगको हाईहील आफूले लगाएर आफ्नो आरामदायक चप्पल उसलाई लगाइदिएको छ ।
फोटो चीनको चिङकोङ शहरको जिनक्याओ अस्पतालको हो र यसलाई जाई नामक युवतीले गोप्य रूपमा खिचेकी हुन् ।
युवकले युवतीलाई चिकित्सककहाँ चेकअपका लागि लिएर गएका थिए । त्यहाँ युवतीलाई हाई हील्सका कारण गोडा दुखिरहेको थियो । त्यसपछि युवकले उसको हील्स लगाएर आफ्नो स्यान्डल युवतीलाई दियो । युवतीले पर्दैन भन्दाभन्दै पनि उसको पीडा बुझेर युवकले आफ्नो स्यान्डल लगाउन दिइरह्यो ।
जाईले खासमा यो फोटो आफ्नो ब्वाईफ्रेन्डलाई देखाउनका लागि खिचेकी थिइन् । पछि उनले फोटो सामाजिक सञ्जालमा शेयर गरेपछि त्यो भाइरल भयो । संसारका विभिन्न वेबसाइटमा पनि यो फोटोसहितका खबर आए ।
धेरै महिलाहरूले उक्त युवक संसारकै सबभन्दा असल ब्वाईफ्रेन्ड भएको टिप्पणी गरे ।
एजेन्सी



