एजेन्सी । मर्न लागेको मानिसको अन्तिम ईच्छा पुरा गर्न जो कोही पनि लागि परिरहेको हुन्छ । र यस्तो संसारको जुनसुकै देशमा गरिन्छ । मर्न लागेको मानिसको अन्तिम ईच्छ के हुन्छ त्यो उसैलाई मात्र थाहा हुन्छ । कतिपयले त आफ्नो अन्तिम ईच्छाको रुपमा आफ्नो लासलाई राख्नकोलागी ठाउँ भनेका हुन्छन् भने कतिपयले आफ्ना अमूल्य गहना मन पर्ने मानिसलाई दिनु भनेका हुन्छन् ।
यस्तै आफ्नो अन्तिम ईच्छा पुरा गरिदिनकालागी चीनका एक व्यक्तिले आफ्नो अन्तिम ईच्छाको रुपमा एउटा अर्नौठो कुरा मागेका थिए । जस्लाई सुन्दा नै अचम्म लाग्छ । चीनको बाओडिंग शहरस्थित एक चीनियाँ नागरिकले आफु मरेपछि आफुलाई हुन्डईको सोनाटा कारभित्र गाडिदिन भनेका थिए ।
ती व्यक्तिका परिवारकोलागी यो अप्ठ्यारो परिस्थितीको कुरा थियो । तर पनि पुरा त गर्नै पर्ने थियो । एक मिडिया रिर्पोटका अनुसार यी व्यक्तिको अन्तिम इच्छा कारभित्र राखेर आफुलाई गाड्नु रहेकोले घर परिवारले पनि त्यसै गरे । यो कुरा उनले लिखित रुपमा नै छाडेका थिए । उनको अन्तिम संस्कार गरेकोे भिडियो इन्टरनेटमा भाइरल भएको थियो ।
उनको यो भिडियोलाई १,६ मिलीयनले हेरीसकेका छन् । यसमा हुन्डई सोनाटा कार देखिएको छ, जसमा डोरीले बाधेर विस्तारै विस्तारै मशानघाटको खाल्डोमा हालिएको थियो । त्यसमाथि सिमेन्ट र कंक्रिटले सिल गरिएको थियो ।
उनको अन्तिम इच्छा पुरा गर्न परिवारले एक ठुलो गाडीको व्यवस्था गरेर कारभित्र उनको शव राखेर मशानघाट लगेका थिए । मसानघाटमा लगेर कारसहित गाड्नलाई गाह्रो भइरहेको थियो । यो घटनालाई छिमेकीले भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गरेका थिए ।



