काठमाडौंः निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा पुनः मतगणना गराउने तयारी गरेको छ। आयोगको दुई दिनसम्म बसेको बैठकबाट भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको च्यातिएको ९० मत खारेज गरेर पुनः मतगणनाको तयारी गरेको हो।

निर्वाचन शिक्षा कार्यक्रम लिएर बारा पर्साको भ्रमणमा रहेकी आयुक्त इला शर्मा भने बैठकमा सहभागी भएकी छैनन्।

गत १४ गते राति मतगणनाकै क्रममा मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको थियो।

मतपत्र च्यातिएपछि आयोगले सहमहान्यायाधिवक्ता गीताप्रसाद तिमल्सिनाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरी छानविनका लागि पठाएको थियो।

समितिले प्रतिवेदन बुझाएपछि आयोगले सबै पक्षलाई राखेर खोल्न र च्यातिएका मतपत्र एकीन गर्न निर्देशन दिएको थियो।

आयोगको निर्देशन अनुसार बिहीबार सिल खोलेर भरतपुरका प्रमुख निर्वाचन अधिकृतको नेतृत्वमा नोक्सान भएका मतपत्र गणना गरिएको थियो। गणना गर्दा ९० मत च्यातिएको पाइएको थियो।

समितिको प्रतिवदेन पाएलगत्तै हिजै साँझ बसेको आयोगको बैठक थप कानुन हेर्नुपर्ने भन्दै स्थगित भएको थियो।

आज बसेको बैठकले च्यातिएका ९० मत खारेज भएको घोषणा गर्दै बाँकी मतगणना गर्न र अब उप्रान्त मतपत्रको सुरक्षा गर्न र दलीय प्रतिनिधिलाई मतपत्र छुन नदिन निर्देशन दिने तयारी आयोगले गरेको छ।

आयुक्त शर्मा आजै साँझ काठमाडौं आइपुग्ने भएकाले पूर्ण बैठकबाट औपचारिक निर्णय गर्ने तयारीमा बैठक लम्बिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah