अस्ट्रेलियाकी एक महिलाले रिलेशनसिप पोर्टलमा आफ्नो पीडा शेयर गर्दै आफ्ना पतिले कसरी धोका दिए भन्ने बारे जानकारी दिएकी छन् ।
साथै आफ्ना पतिको अफेयरबारे आफूलाई कसरी जानकारी भयो भन्ने पनि बताएकी छन् । महिलाले आफ्नो पतिलाई रंगेहात पक्राउ गरेको र पछि पुनः मिलन भएको कहानी बताएकी छन् ।
उनले आफ्नो विवाहको १४ वर्ष भएको दुई बच्चा रहेको पनि पोर्टलमा जानकारी दिएकी छन् । महिलाका पतिले त्यतिबेला धोका दिए, जब उनी गर्भवती थिइन् ।
उनले लेखेकी छन्, ‘जब म दोस्रोपटक आमा बन्दै थिएँ । तब मेरा पति जेम्सका साथ मेरो सम्बन्ध बदलिन लागेको थियो । उसको व्यवहारमा परिवर्तन आउन थाल्याे । जेम्स अकसर कामले बाहिर नै रहन्थे । पछि विस्तारै स–साना कुरामा पनि किचकिच गर्ने भए । मैले सोधे कि तिम्रो जीन्दगीमा अरु कोही छ कि भनेर, तर उनले सिधै अस्वीकार गरे ।’
जेम्स कामले गर्दा बाहिर जाँदा कैयौं दिनसम्म घर नफर्किने गर्न थाले । आफ्नो तनाव झन् बढेको उनको भनाइ छ । पटकपटक शंका लागेपछि एक साथीसँग सल्लाह गरेर भविष्यका लागि सही निर्णय लिनुपर्ने मोडमा पुगिन् । साथै उनले साथीलाई आफ्ना पतिका लागि जासूसका रुपमा काम गरिदिन अनुरोध गरिन् ।
जासूसले जेम्सको फोनबाट हरेक दिन एक महिलासँग कुराकानी हुने पत्ता लगाए । तर, उनलाई कसको नम्बर हो भन्ने जानकारी थिएन । निकै खोजबिन गरेपछि उनले कोही महिलासँग बसेको सबुत फेला पारिन् ।
उनले भनिन्, ‘साथीको सहयोगले अर्की महिलासँग बसिरहेको प्रमाण पाएपछि मैले जेम्सलाई भनेँ । कि म सँग बस कि त उही महिलासँग बस भनेर । तर, जेम्स मलाई छाड्न तयार थिएनन् । मैले ती महिलाको साथ मेरो पतिलाई पनि घरबाट निकालिदिएँ ।’
केही महिनापछि उनीहरु फेरि एकपटक भेटिए । महिलाले अघि भनेकी छन्, ‘मलाई थाहा छ कि मानिसहरु मलाई पागल भन्नेछन्, किनकी यस्तो पतिलाई फेरि किन भित्र्याइन् भनेर । तर, म सम्बन्ध सिध्याउन चाहन्नथेँ ।’
फेरि आफूहरुले डेटिङमा जान शुरु गरेको र त्यसपछि जेम्सले माफी मागिसकेपछि आफूहरु साथमा रहन लागेको पोर्टलमा महिलाले लेखेकी छन् ।



