काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार १ सय बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

यसैबीच बिहीवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।