काठमाडौंः भक्तपुरमा आज बिहान सवारी दुर्घटना हँदा एक जनाको मृत्यु भएको छ।

घटनामा पर्सा वीरगंज महानगरपालिका वडा नम्बर १२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारी ट्रकको ढोकामा च्यापिए मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सुर्यविनायक नगरपालिका वडा नम्बर ८ आदर्श महेश्वरी पेट्रोलपम्प पुल नजिक अरनिको राजमार्गमा जगातीबाट सुर्यविनायकतर्फ आउँदै गरेको ना ६ ख ३९८२ नम्बरको भैसी बोकेको ट्रक दुर्घटना भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ट्रकमा रहेका ११ वटा भैसीहरु सामान्य घाईते भएका छन्। मृतक अन्सारीको शरीरलाई पोष्टामार्टमका लागी केएमसी अस्पताल दुवाकोट पठाएको प्रहरीले जानकारी दिएको छ।