तिब्बत र अरुणाञ्चल प्रदेशको सीमा स्थित छ साङ्ग्रिला घाँटी । विश्वकै सबैभन्दा रहस्यमयी क्षेत्रमध्ये यो पनि एक भएको मानिन्छ । यहाँसम्मकी सैयौं जहाज रहस्यमय तरिकाले निल्ने बरमुडा ट्रायङगलसँग पनि यो घाँटीको तुलना गरिँदै आएको छ । तन्त्रमन्त्रका कैयौं चर्चित साधकले आफ्नो किताबमा यो स्थानबारे जानकारी दिएका छन् ।

पद्म भूषण र साहित्य अकादमीबाट पुरस्कृत गरिएका र सरकारी संस्कृत कलेजका प्राचार्य डा. गोपीनाथ कविराजले पनि यस घाँटीबारे आफ्नो किताबमा उल्लेख गरेका छन् । यो घाँटीसँग दोस्रो दुनियाँको सम्बन्ध भएको बताइन्छ ।

 

दोस्रो दुनियाँसँग सिधा सम्पर्क

चर्चित तन्त्रमन्त्र साहित्य लेखर र विद्वान अरुण कुमार शर्माले पनि आफ्नो किताबमा तिब्बतको यस रहस्यमयी घाँटीबारे जानकारी दिएका छन् ।

विश्वका केही स्थान भू–हीनता र वायू शून्यतावाला, यो स्थान वायुमण्डलको चौथो आयामबाट प्रभावित बताएका छन् ।

यहाँ वस्तु वा व्यक्तिको अस्तित्व दुनियाँबाटै गायब हुने बताइन्छ । यस्तै स्थानमध्ये शांग्रिला घाँटीको नाम पनि एकमा आउँछ ।

कैयौं जहाज गायब भइसकेका छन्

साङ्ग्रिला घाँटीलाई बरमुडा ट्रायङगलसँग यस कारण पनि तुलना गरिन्छ कि यहाँ पनि सैयौं जहाजहरु गायब भएको बताइन्छ । जहाँबाट जाने जहाज अचानक रहस्यमयी तरिकाले गायब हुने गरेका छन् । यो स्थान भू–हीनताको क्षेत्रमा आउँछ । चीनको सेनाले कैयौंपटक यो स्थान खोज्न प्रयास गरे पनि अन्ततः हातमा केही नलागेको बताइन्छ । तिब्बती विद्वान युत्सुङका अनुसार यो घाँटस्को सम्बन्ध कुनै अन्तरिक्ष लोकसँग छ ।

समयको कुनै प्रभाव पर्दैन

तिब्बती भाषाको किताब काल विज्ञानमा यो घाँटीबारे उल्लेख गरिएको छ । यो घाँटीमा काल अर्थात समयको कुनै असर पर्दैन ।

यहाँ प्राण, मनको विचारको शक्ति, शारीरिक क्षमता र मानसिक चेतना निकै बढेर जाने तिब्बती भाषाको काल विज्ञान किताबमा उल्लेख गरिएको छ ।

यो ठाउँलाई पृथ्वीको आध्यात्मिक केन्द्र पनि मानिँदै आएको छ ।

सूर्यको प्रकाश पुग्दैन

अध्यात्म क्षेत्र, तन्त्र साधना या तन्त्र ज्ञानसँग जोडिएका मानिसका लागि यो घाँटी भारतका साथै विश्वभर चर्चित छ ।

यहाँ न सूर्यको प्रकाश नै पुग्छ, न चन्द्रमाको प्रकाश नै ।

वातावरणमा चारैतर्फ सेतो प्रकाश फैलिएको हुन्छ र यहाँ एक प्रकारको विभित्र सन्नाटा छाइरहेको हुन्छ ।

महाभारतमा पनि वर्णित छ

यहाँ एक मठ, केही आश्रम र विभिन्न आकृतिका मन्दिर र दोस्रो तर्फ निकै टाढासम्म फैलिएको सुनसान साङ्ग्रिला घाँटी । यहाँका तीन साधना केन्द्र प्रशिद्ध छन् । पहिलो ज्ञानगन्ज मठ, दोस्रो सिद्ध विज्ञान आश्रम र तेस्रो योग सिद्धाश्रम । साङ्ग्रिला घाँटीलाई सिद्धाश्रम पनि भनिन्छ । सिद्धाश्रमको वर्णन महाभारत, वाल्मीकि रामायण र वेदमा पनि गरिएको छ ।

कोही जानकार छैनन् यहाँको रहस्यबाट

यो रहस्यमय घाँटीबारे कैयौं कुराहरु बताइन्छ । तर, वास्तविकता के हो भन्नेबारे आजसम्म कसैले ठम्याउन सकेका छैनन् । यहाँका मानिसहरु सैयौं वर्षसम्म जिवित रहेको बताइन्छ । डा. गोपीनाथ कविराजको पुस्तक पढेर कैयौं विदेशी खोजकर्ता साङ्ग्रिला घाँटीबारे खोजबिन गर्न गए । तर, कोही पनि सफल भएनन् । कोही त त्यहीबाट सधैँका लागि बेपत्ता भएका पनि छन् ।

चीनको एक सेना लामाको पिछा गर्दै यस घाँटीसम्म आएको थियो । तर, साङ्ग्रिला घाँटीबारे सेनाले पत्ता लगाउन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah