झापाको गाैरादह नगरपालिका वाड नं. ८ भुडीसिमल बस्ने अन्दाजी ६६ वर्षीय ढावालाल राजवंशीकाे सवारी दुर्घटनामा परी शुक्रबार दिउँसो मृत्यु भएकाे छ। सो दुर्घटनामा परी अर्का एक घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कन्काई नगरपालिका वाड नं. ३ सुरङ्गास्थित हरिकुल बोर्डिङ स्कुल अगाडि पार्किङ गरिएको मे १ क १४१ स्कुल बससँग ठाेक्किँदा मे ९ प ५५६६ नम्बरकाे माेटरसाइकलमा सवार राजवंशीको मृत्यु भएकाे हाे।
उनकाे विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापा जनाएको छ।
माेटरसाइकल चालक गाैरीगंज गाउँपालिका वाड नं. ३ वस्ने वर्ष २८ काे दिनेश्वर राजवंशीकाे बायाँ खुट्टा भाँच्चिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।
कन्काई नगरपालिका वाड नं. ३ बस्ने अन्दाजी ४८ वर्षीय काे बस चालक तिलक बुढाथाेकीलाई र स्कुल बस प्रहरीकाे नियन्त्रणमा रहेकाे जनाइएकाे छ।










