तिहारपछि आएको किया सोनेट गाडी ‘सोल्ड आउट’ अर्थात् पूरै बिक्री भएको छ।

सबैभन्दा बढी सवारीसाधन बिक्री हुने समय दशैँ तिहारपछि आएको सोनेट १ महिनामै सोल्ड आउट भएको हो ।

कियाले १ महिनामा २५० वटा गाडी विक्री गरेको जानकारी दिएको छ ।

दक्षिण कोरियाली अटो निर्माता कियाको बहुप्रतीक्षित सब–कम्प्याक्ट एसयुभी ‘सोनेट’ नेपालका लागि कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले भिकाएको थियो ।

‘किया सोनेट छिटो नेपाली बजारमा ल्याउन हामीलाई दबाब थियो,’ कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका जनरल एसिस्टेन्ट म्यानेजर अनिस लामिछानेले भने ‘आएको १ महिनामै २५० वटा गाडी विक्री भए।’

उनले १ हप्तादेखि बिक्री डेलिभरीको लागि गाडी नभएको बताएका छन् । ‘अहिले हामीसंग गाडीको स्टकनै छैन । छिट्टै ल्याउने प्रक्रियामा छौं,’ लामिछानेले बताए ।

किया सोनेट भारतको प्लान्टमा निर्मित दोस्रो गाडी हो । यसअघि आएको सेल्टोस हजार बढी विक्री भैसकेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले सोनेटका चारवटा भेरियन्ट एचटिई, एचटिकेप्लस एटी, एचटिएक्स र जीटीएक्स प्लस नेपाली बजारमा ल्याउको बताएको छ। जसमा १.२ पेट्रोल इन्जिनको एचटीईको मुल्य ३५ लाख ९० हजार रहेको छ।

१.५ लिटर डिजेल इन्जिनको एचटीके प्लस एटी भेरियन्टको मूल्य ४९ लाख ९० हजार रहेको छ । त्यसैगरी १.५ डिजेल एचटीएक्सको ४७ लाख ९० हजार र १.५ डिजेल इन्जिनकै जीटीएक्स प्लसको ५७ लाख ९० हजार मूल्य रहेको छ।

सोनेटमा भाइरस प्रोटेक्सन सहितको स्मार्ट प्योर एयर प्युरिफायर, रेड क्यापसहितको आर१६ क्रिस्टल अलो ह्विल, एलइडी साउन्ड मुड ल्याम्प, फ्रन्ट पार्किङ सेन्सर, हाई ग्लोस, ब्ल्याक फिनिस एसी भेन्ट्स गार्निस, टर्बो सेप्ड मस्कुलिन स्किड प्लेट, बेल्ट लाइन–क्रोम, स्पोर्टी अलो पेडल्स, एडभान्स्ड १०.६७ सेमी कलर इन्स्ट्रूमेन्ट क्लस्टर, अटो एन्टिग्लेर रियर भ्यू मिरर, स्मार्टवाच कनेक्टिभिटी र जिटीलाइन रेड प्याकेज जस्ता विशेषता यसमा छन्।

गाडीको उचाइ ५ फिट ४ इन्च रहेको सोनेटको समग्र लम्बाइ १३ फिट १ इन्च छ। त्यसैगरी, चौडाइ ५ फिट ८ इन्च र ह्विलबेस ८ फिट २ इन्च रहेको कम्पनीले जनाएको छ। यसको ग्राउन्ड क्लियरेन्स २११ एमएम र बुट स्पेस ३९२ लिटरको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah