काठमाण्डौ – कतारमा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै त्यहाँ रहेका नेपाली श्रमिकलाई सावधानी अपनाउन नेपाली दूतावासले आग्रह गरको छ ।

कतारमा रहेकाे नेपाली दूतावासले कतारका छिमेकी देशमा कोभिड सङ्क्रमण बढेको भन्दै त्यसको असर कतारमा पनि पर्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कतार सरकारद्वारा अवलम्बन गरिएका निरोधात्मक उपायहरु जस्तै तोकिएको संख्याभन्दा बढी हुने गरी भिडभाड नगर्ने, मास्कको प्रयोग गर्ने, साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन आग्रह गरेको छ ।

यस्तै वभिन्न अवसरमा पर्व उत्सवहरु मनाउँदा समेत स्थानीय नियम कानून तथा संस्कति अनुरुप मर्यादित ढंगले तथा भिडभाड नगरी मनाउन समेत आग्रह गरेको छ ।