काठमाडौं , बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा १ सय रुपैंयाले बढेको छ ।

आज सुनको मुल्य १ सय रुपैंयाले बढेर ९४ हजार २०० रुपैंयामा कारोबारमा हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । मंगलबार सुनको मुल्य ९४ हजार १०० रुपैंयामा कारोबार भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै तेजावी सुनको मुल्य आज ९३ हजार ६०० रुपैंया रहको छ ।

चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयाले बढेर आज १३ सय ५ रुपैंयामा कारोबार हुने महासंघले बताएका छन् ।