चकलेट सबैलाई मन पर्ने खानेकुरा हो । पोर्चुगलमा संसारको सबभन्दा महंगो चकलेट बनाइएको छ । यसको मूल्य लाखौंमा आउँछ ।

चकलेटलाई विशेष प्याकेजमा बेचिनेछ । गहना बेचेजसरी यो चकलेट बेचिनेछ । ग्लोरियस चकलेट यूएई, रुस, अंगोला र अर्जेन्टिना पठाइनेछ ।

गिनिज बूक अफ वर्ल्ड रेकर्ड्सले यसलाई सबभन्दा महंगो चकलेटको सर्टिफिकेट दिएको छ ।

इन्टरनेसनल चकलेट फेस्टिभल अफ ओबिडोसमा चकलेट बोनबोन प्रदर्शन गरियो । यो अद्वितीय चकलेटको मूल्य १० लाख रुपैयाँ छ । चकलेटमा सुनको पोलिस लगाइएको छ ।

चकलेटमा अनेकौं तत्त्वहरू छन् र यसलाई बनाउन एक वर्ष समय लाग्यो । त्यसपछि यो चकलेट लग्जरी बजारका लागि तयार भयो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय