
पुस १७, काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा शुक्रवार पहेंलो धातु सुनको भाउ रू. ४०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९४ हजार ५०० कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार १०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ४०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९४ हजारमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ६०० मा कारोबार भएको थियो ।
यस्तै, शुक्रवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवार प्रतितोला रू. एक हजार ३०० मा कारोबार भएको चाँदी शुक्रवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।