महिलाहरुलाई सबैभन्दा कुनै कुरामा रिस उठ्छ भने त्यो हो सौता । उनीहरु सबै कुरा बाँड्न तयार हुन्छन्, तर आफ्ना पति कसैसँग बाँड्नु त के कोहीसँग बोलेको समेत मन पराउँदैनन् ।

तर, केही यस्ता अपवाद हुन्छन्, जसले महिलाको यो गुणलाईसमेत बिर्साइदिन्छ । पाकिस्तानमा एउटा यस्तै घटना भएको छ । जहाँ एक २२ वर्षीय युवकले तीन महिलासँग विवाह गरेका छन् ।

यति मात्रै होइन, अहिले तीनै जना श्रीमती नै मिलेर आफ्ना श्रीमानका लागि चौथी श्रीमती खोज्दैछिन् । अदनान नाममा यी पाकिस्तानी युवकले २२ वर्षको उमेरमै तीन श्रीमती भित्र्याएका छन् ।

र अहिले तीनै श्रीमितले चौथी सौता खोजिरेहका छन् । हाल तीनै श्रीमती अदनाकै साथमा बस्छिन् । एक स्थानीयले उनीबारे समाचार छापेपछि अहिले विदेशमा समेत अदनानको चर्चा भएको छ ।

मुस्लिम समुदायमा बहुविवाह गर्नुलाई सामान्य नै मानिन्छ । पाकिस्तानमा त बहुविवाहलाई कानुनी रुपमै मान्यता छ । तर, पनि पत्नी आफैंले भने सौथाको खोजी गर्नु आश्चर्यचकित पार्ने विषय हो ।

अदनानले पहिलो बिहे १६ वर्षको उमेरमा गरेका थिए । दोस्रो श्रीमतीसँग २० वर्षमा र अर्कीसँग २१ वर्षको उमेरमा बिहे गरेका हुन् । अदनानकी श्रमितीहरुको नाम शुंभाल, शुबाना र शाहिदा हो ।

अहिले यी तीनैजना सौता मिलेर चौथी सौताको खोजी गरिरहेका छन् र उनीहरुलाई चौथी सौता पनि अंग्रेजीको एस अक्षरबाट नाम आउने नै चाहिएको छ । एस अक्षरबाट नाम आउने सौता आएमा घरमा खुसी रहिरहने उनीहरु मान्छन् ।

अदनानका २ श्रीमतीबाट सन्तान पनि छन् । जेठी श्रीमती शुंभालका ३ र माइली श्रीमती शुबानाका दुई सन्तान छन् । शुबानाको एउटा बच्चालाई कान्छी शाहिदाले आफ्नो मानेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah