शिवसताक्षी /झापा क्षेत्र नं ४ बाट निर्वाचित विघठित प्रतिनिधि सभा सदस्य सांसद एलपी साँवा लिम्बुले नगरको का छन । बिहिबार आयोजित कार्यक्रममा उनले सो सडक शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रममा बोल्दै साँवाले जनताको विकास र समृद्धीको चाहनामाथि कसैबाट पनि कुठाराघात हुन नहुने धारणा राखे । त्यसैगरि नगर प्रमुख चन्द्रकुमार शेर्माले नगरको समग्र बिकाशको लागी नगर कठिबद्ध भएर लागेको बतए ।
शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी सघन विकास आयोजना कार्यालय भद्रपुरले ठेक्का प्रकृयाबाट निर्माण सम्पन्न गर्ने गरी सो सडक स्तरोन्नती सम्बन्धि योजना अघि बढाएको हो । सो योजना हेना कन्स्ट्रक्सन दमकले २०७८ जेठ ९ मा निर्माण सम्पन्न गर्ने गरि कार्यलयसंग सम्झौता गरेको जनाइएको छ । करिब एक किलोमिटर लम्बाई ७ मिटर चौडाइको सो योजनाको कूल लागत ५६ लाख ७६ हजार रुपैयाँ रहने कार्यक्रममा जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय