नयाँ वर्षको खुशीयालीबीच दिल्लीमा एक हरकोहीको मनमा भय सिर्जना गर्ने घटना भएको सार्वजनिक भएको छ । जहाँ एक प्रेमीले १९ वर्षकी आफ्नी प्रेमिकाको निर्मम तरिकाले हत्या गरेका छन् । प्रहरीका अनुसार यो घटना ट्रायङगलसँग जोडिएको छ । मृतकका प्रेमी र उनकी साथीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पीडित जान्हवी कुकरेजा ३१ डिसेम्बरको राति आफ्नो प्रेमी जोगधन्करका साथ नयाँ वर्षको खुशीयाली मनाउन गएकी थिइन् ।

पछि जान्हवीको शव रहस्यमय तरिकाले अलपत्र अवस्थामा भेटिएको थियो । यद्यपि प्रहरीले हत्याको रहस्य भने पत्ता लगाएको छ । जसलाई सुनेर सबै आश्चर्यचकित परेका छन् ।​जाेगधन्करले आफ्नो घरको छतमा पार्टी राखेका थिए ।

जब जान्हवी त्यहाँ पुगिन् तब उनका प्रेमी आफ्नै साथीको साथमा पानीको हिलट्यांकी नजिकै आपत्तिजनक अवस्थामा भेटिएका थिए । आफूमाथि धोका भएको भन्दै प्रेमीसँग जान्हवीले धेरै लामो समयसम्म बहस गरिन् ।

त्यसपछि यस घटनालाई लुकाउनका लागि प्रेमी जोगधन्कर र साथी दिया दुवै जना मिलेर आठौं तलाबाट जान्हवीलाई खसालिदिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय