
एजेन्सी । अस्पतालमा अचम्मका घाइते आएपछि केही बेर स्वास्थ्यकर्मी पनि अचम्म परे । उनको टाउकोमा तीर थियो । घाइते अवस्थामा रहेका उनको यो अवस्था कसरी भयो भन्ने बारे जव चिकित्सकले सोधे अनि खुल्यो रहस्यम घटना । यो घटना भारत मध्य प्रदेशको इन्दौर शहरमा भएको हो ।
एकजना घाइते शनिबार राति बार्वानीबाट एमवाई अस्पताल आइपुगेका थिए । केही व्यक्तिले एकजना मानिसकी श्रीमतीलाई उठाएर लैजान लागेका थिए । पतिले उनीहरुको प्रतिकार गरे । त्यती बेला उनीहरुले श्रीमान्लाई तिर प्र’हा’र गरे । उनलाई धेरै पटक प्र’हा’र गरिएको थियो । तर श्रीमान्ले हार मानेनन् । उनी गम्भिर घाइेत भए । उपचारको लागि परिवारले एमवाई अस्पतालमा ल्याए । अहिले भने उनको शल्यकृया सफल भएको छ ।
परिवारका सदस्यहरूका अनुसार शनिवार उनको घरमा दुई सहकर्मीले अन्य केही ब्यक्तिलाई पनि लिएर आएका थिए । उनीहरुले श्रीमतीलाई लैजान लागे । पतिले उनीहरूको विरोध गरे। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्नहरु भने पक्राउ परेका छैनन् ।