भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान हुने भएपछि हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले संवेदनशील क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

समितिले आज जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी हुलदङ्गा, जुलुसलगायत गतिविधिलाई कानुनबमोजिम व्यवस्थित गरी शान्ति सुरक्षा कायम गर्न गराउनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय, भरतपुर महानगरपालिका, अस्पताल, मतगणना स्थल रहेको कभर्डहल र प्रशासनिक कार्यालय रहेकोे स्थान समेतमा धर्ना, जुलुस, आमसभा, विरोधसभा, कोणसभालगायत कार्य गर्न नदिन आजैको मितिदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।

पूर्वतर्फ मालपोत चोकदेखि जिल्ला अदालत आउने सडक, पश्चिमतर्फ चौबीसकोठीदेखि जिल्ला प्रहरी कार्यालय आउने सडक, उत्तरतर्फ मुख्य निर्वाचन अधिकृतको कार्यालय पछाडिको सडक र दक्षिणतर्फ हाकिमचोकदेखि जिल्ला कारागार कार्यालय आउने सडकलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

स्थानीय प्रशासनले संवेदनशील क्षेत्रको शान्ति सुरक्षामा कडाइ गरिएको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । दङ्गा नियन्त्रण कार्यालय हेटौँडा र प्रहरी शिक्षालय भरतपुरका गरी ४०० सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।

“जिल्लाबाट निर्वाचनका लागि महोत्तरी र बारा गएको १७५ जनाको टोलीलाई फिर्ता बोलाएका छौँ,” उहाँले भन्नुभयो । ठूलो सङ्ख्यामा सशस्त्र प्रहरीलाई समेत तयारी अवस्थामा राखिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah