कारोबार सुरु भएको ७ मिनेटमै बजार २२१६ सम्म पुगेको थियो। त्यसपछि

सामान्य उतारचढाव देखिँदै बन्द हुँदा नेप्से ६ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २१६९ अंकमा कायम भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस दिन ५ अर्ब ९६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। विकास बैंक ८, जलविद्युत २, फाइनान्स ५, अन्य ९, निर्जीवन बीमा ५२ अंकले बढेका छन्।

बैंकिङ ११, ब्यापार ३, उत्पादन १००, माइक्रोफाइनान्स ४, जीवन बीमा ७६ तथा होटल ०.१५ अंकले घटेका छन्।

कारोबारका आधारमा यस दिन पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो। कम्पनीको मूल्य प्रतिकित्ता ४२ रुपैयाँ बढेर १५२० रुपैयाँ कायम भएको छ।

त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ४० करोड रुपैयाँको कारोबार हुँदा मूल्य प्रतिकित्ता १६ रुपैयाँले घटेर २४ सय रुपैयाँ कायम भएको छ।

नेपाल टेलिकमको ३७ करोड रुपैयाँको सेयर किनबेच भयो। कम्पनीको मूल्य प्रतिकित्ता १२९१ रुपैयाँ कायम भएको छ।

जानाकी फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ। किसान लघुवित्त वित्तीय संस्थाको मूल्य ९.५ प्रतिशतले बढेर ११९९ कायम भएको छ। नारायणी डेभलपमेन्ट बैंकको मूल्य ७.९ प्रतिशतले बढेको छ।

नेशनल माइक्रोफाइनान्सको मूल्य भने सबैभन्दा धेरै ५.८ प्रतिशतले घटेको छ। नेपाल फाइनान्सको मूल्य ३.७ तथा एभरेष्ट बैंकको मूल्य ३.४ प्रतिशतले घटेको छ।