काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाल राजपालाई सरकारसँग सहमति भएको पत्र पाउनासाथ चुनाव चिह्न प्रदान गर्न प्रक्रिया थाल्ने आश्वासन दिएको छ । राजपा शीर्ष नेतृत्वसँग आइतबार बहादुरभवनस्थित कार्यालयमै गरेको छलफलमा आयोगका पदाधिकारीले निर्वाचन चिह्न प्राप्तिको प्रक्रिया थाल्ने आश्वासन दिएका हुन् ।

राजपाले चुनाव चिह्नका लागि एक–दुई दिनमै आयोगमा दल दर्ता गर्ने भएको छ । आयोग र राजपा नेताबीच पार्टीको दलीय मान्यताका लागि दर्ता प्रक्रिया सम्बन्धमा आइतबार छलफल भएको हो । राजपाले संविधान संशोधन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लागेको मुद्दा खारेजीको माग गर्दै स्थानीय तहको पहिलो चुनाव बहिष्कार गरेको थियो ।

राजपाले १४ असारका लागि तय गरिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन पनि बहिष्कार गर्ने भन्दै शान्तिपूर्ण आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, आयोगका कानुनी सल्लाहकारसहित राजपाका नेताहरू महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र केशव झाबीच भएको छलफलमा आयोगले ६ वटा मधेसी दलबीच भएको एकता प्रक्रियाको डकुमेन्ट पाउनासाथ दल दर्ता प्रक्रिया सुरु गर्ने जानकारी दिएको हो ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त यादवले राखेको भनाइ उधृत गर्दै राजपाका नेता राजकिशोरले भने, ‘६ पार्टीबीच एकता भई राजपा बनेको हस्ताक्षरसहितको निर्णय भएको मितिले ४५ दिनभित्र दलीय मान्यताका लागि आयोगमा निवेदन दिनुपर्ने धारणा राख्नुभयो ।’

६ वटा मधेसी दल (तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मेधस सद्भावना पार्टी, तराई मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना) वैशाख १९ मा एकीकृत भई राजपा बनेका हुन् । ु

‘एक–दुई दिनमै दल दर्ता गर्छौं’
आयोगका सचिव गोपीनाथ मैनालीले राजपालाई आयोगले संविधान, ऐन, कानुनअनुसार सहजीकरण गर्दै दल दर्ता प्रक्रिया अघि बढाउने बताए । दल दर्ता सहजीकरणका लागि संसदमा रहेको स्थानीय निकाय ऐनको दफा १८ मा संशोधन हुनुपर्ने उनले बताए ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्रमा चुनाव चिह्न स्वतः नटाँसिने भन्दै त्यसका लागि दलहरूले समयको ख्याल गर्नुपर्ने सुझाव दिए । (अन्नपूर्ण पोष्ट दैनिक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah