बिराटनगर, पौष २२ गते ।झापा र उदयपुरमा मंगलवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा पुर्वबाट पश्चित तर्फ जाँदै गरो को १ ख ६०९८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४३ प ९२१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार सुनसरी महेन्द्रनगरका ३१ बर्षीय ज्ञानेन्द्र तामाङ र ईटहरीकी २८ बर्षीया सलिना राईको मृत्यु भएको हो । मोटरसाईकललाई ठक्कर दिने बस तथा चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । यसैगरी उदयपुरको रौतामाई गाउँपालिका-१ मा ट्याक्टर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-७ का २० बर्षीय केशव बि.क.को मृत्यु भएको छ । गाइघाटबाट नामेटार तर्फ जाँदै गरेको प्रदेश २-०२-०१-०००१ त १०१७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
झपा र उदयपुरमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
सवालनेपालसंवाददाताबुधबार, २२ पुस २०७७

झपा र उदयपुरमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



