निर्माता हिरामणी न्यौपानेले चलचित्र ‘सुब्बा साब’ रिलिज नहुँदै अर्को चलचित्रको घोषणा गरेका छन् । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्र ‘मेरो मिल्ने साथी’को घोषणा गरिएको हो ।

चलचित्रका लागि कलाकार भने पक्का गरिएको छैन । निर्देशक राजु अधिकारीले केही चर्चित कलाकारसँग कुरा गरेको भएपनि पक्का नभएको सुनाए । यो चलचित्रले २ मिल्ने साथी विचको कथालाई प्रस्तुत गर्ने राजुको भनाई छ ।

निर्देशक अधिकारीले चलचित्र ‘सुब्बा साब’ भने पारिवारिक कथावस्तुमा तयार भएको बताए । यो चलचित्रमा सरोज खनाल, गौरी मल्ल, जीवन लुइटेल, बर्षा सिवाकोटी, महिमा सिलवाल लगायतका कलाकारको अभिनय छ ।

चलचित्र प्रचारमा नदेखिएकी महिमा पत्रकार सम्मेलनमा उपस्थित हुँदा नायिका सिवाकोटी भने आइनन् । निर्माणपक्षले पत्रकार सम्मेलनमा साथ नदिएको बताएपछि सिवाकोटीले प्रचारमा वेवास्ता गर्दै आएकी छिन् ।

हिरामणी न्यौपानेको निर्माणमा तयार भएको ‘सुब्बा साब’ असोज २१ गतेबाट रिलिजमा आउँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय