सिरहामा आगलागी हुँदा एक जना बालकको मृत्यु भएको छ।

मिर्चैया नगरपालिका वडा नं. ७ मौरहा टोलका मो.रफिक राइनको घरमा आगलागी हुँदा घरमै सुतिरहेका उनका ८ वर्षीय छोरा जाबिर राइनको मृत्यु भएको सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पंजियारले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘जाडो छल्नकै लागि उनीहरूले घुर बालेका थिए,' एसपी पंजियारले भने, 'घुर बालेर बच्चालाई घरमै सुताएर परिवारसहित काममा गएको र सोही बेला घरमा आगलागी भएपछि घरमै सुतिरहेका बालक भाग्न नसक्दा जलेर मृत्यु भएको हो।’

आगलागीका कारण खरको छानो भएको घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने घरमा रहेको खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको सिरहा प्रहरीले जनाएको छ।