सिरहामा आगलागी हुँदा एक जना बालकको मृत्यु भएको छ।

मिर्चैया नगरपालिका वडा नं. ७ मौरहा टोलका मो.रफिक राइनको घरमा आगलागी हुँदा घरमै सुतिरहेका उनका ८ वर्षीय छोरा जाबिर राइनको मृत्यु भएको सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पंजियारले जानकारी दिए।

‘जाडो छल्नकै लागि उनीहरूले घुर बालेका थिए,’ एसपी पंजियारले भने, ‘घुर बालेर बच्चालाई घरमै सुताएर परिवारसहित काममा गएको र सोही बेला घरमा आगलागी भएपछि घरमै सुतिरहेका बालक भाग्न नसक्दा जलेर मृत्यु भएको हो।’
आगलागीका कारण खरको छानो भएको घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने घरमा रहेको खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको सिरहा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय