छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले नजिकैबाट भेरी नदीमा बस खसेको छ । दाङबाट सुर्खेतको बोटेचौर हुँदै सल्यानको सल्लिबजार जाँदै गरेको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रवक्ता डिएसपी राम प्रसाद घर्ती मगरले जानकारी दिए ।

नदीमा बस डुबेकाले गाडी नम्बर र कति जना सवार यात्रुहरु थिए भन्ने बारे एकिन नभएको डिएसपी घर्तीले जानकारी दिए । ‘दुर्घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय बोटेचौर र मेहलकुना घटनास्थलतर्फ गइरहेका छन्,’ प्रवक्ता घर्तीले भने, ‘प्रहरी पुग्ने बित्तिकै थप विवरण आउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय