माघ १ गतेदेखि एउटा बैंकको एटीएमबाट अर्को बैंकको रकम निकाल्दा अतिरिक्त रकम लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार बैंक तथा वित्तीय संस्थाहरूलाई एक निर्देशन जारी गर्दै माघ १ गतेदेखि मासिक २ वटा कारोबारसम्म मात्र निशुल्क गर्न निर्देशन दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्र बैंकका अनुसार, अब महिनाको २ पटकभन्दा बढी अन्तरबैंक एटीएम प्रयोग भएमा प्रति कारोबार बढीमा २० रुपैयाँसम्म लाग्ने छ ।

राष्ट्र बैंकले भनेको छ, ‘२ वटाभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन सक्नेछन् ।’

यस्तै माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूले इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्क लिन सक्नेछन् ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय कारोबारको सुरक्षाको प्रयाप्त प्रबन्ध मिलाई ग्राहकहरूलाई मोबाइल, इन्टरनेट तथा एसएमएस बैंकिङको पासवर्ड तथा युजरनेम हराएमा वा बिर्सिएमा आफैं प्राप्त गरी सेवा पुनः सुचारु गर्न सक्ने व्यवस्था समेत गर्नुपर्नेछ ।