
लम्की । कोहलपुरबाट पौष १७ गतेका दिन लम्कि जाँदै गरेका आमा छोरा सवार मोटरसाईकलामा रहेकी आमा नन्दकला थापालाई बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले लगेको थियो । विहान भएको घटना पछि दिउसो आमाको शरिर चिन्न नसकिने अवस्थामा फेला परेको थियो । केही अंश मात्र फेला परेको थियो ।
आफ्नै मोटरसाईकलमा बसेकी आमालाई बाघले लैजाँदै गरेको त्यो दृश्य छोराको अगाडी अझै घुमिरहेको छ । उनी निदाउन सकेका छैनन् । आमाको उपचारका लागि उनी कोहलपुर गएका थिए ।
उपचारकालागी आमालाई आफुसंगै लिएर कोहलपुर गएका छोराले आफ्नै आँखा अगाडी आफ्नो ५० वर्षीय आमालाई गुमाउनु पर्दाको पि डा साँच्चै ती छोरालाई मात्रै थाहा छ ।
सोंच्दै नसोंचेको घटना भएपछि नन्दकलाको घरमा शोक छाएको छ । सर्वसाधारणहरु अहिले त्यो बाटो भएर हिड्न डराएका छन् । प्रशासनले पनि सतर्कता अपनाउन आग्रह गरेको छ ।
नन्दकलाले अकालमै ज्यान गुमाउनु परेको यो दुःख घटनामा सरकारको गम्भिर ध्यान जाओस् भन्छन् गाउँलेहरु । यस विषयमा आमाको किरिया गर्नकोलागी सेतै बस्त्रमा बसेका छोरा भन्छन्, भिडियोसहित