झिलझिले,२६ पुस । झापाको शिवसताक्षी नगरपालिकामा गएराती भएको सवारी सडक दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति साढे ८ बजेतिर मोटरसाईकलवाट दमकदेखि झिलझिलेतर्फ घर जादै गरेका शिवसताक्षी ११ का ३८ वर्षीय छविरमण ढकालको दुर्घटनामा परेर मृत्यु भएको हो ।

उनी सवार मे ३ प ९८९६ नम्बरको मोटरसाइकलमा अनियन्त्रीत भएर धरमपुरको कमल खोला सडक खण्डमा दुर्घटना भएको थियो । दुर्घटनामा गंभीर भएका उनको राती १० वजेतिर विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्युभएको प्रहरीले जनाएको छ ।
यसैगरि, हिजो शनिवार साँझतिर जिल्लाको बुद्दशान्ति गाउँपालिका ३ स्थित धाइजन चोकमा मे.१च. ५३९६ नम्बरको पिकअपलाई बिपरित दिशाबाट आउदै गरेको मे २ प ६९८४ नं को मोटरसाईकलले ठक्कर दिदाँ मोटरसाईकलमा सवार अर्जुनधाराका ५० बर्षिय छत्र बहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय