भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। अरु दुई जना घाइते भएका छन्।

शनिबार साँझ गट्ठाघरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३–०२–०४ प ७३२४ नं को मोटरसाइकल ऐ दिसातर्फ गइरहेको अर्को बा ५३ प ९८६४ नं मोटरसाइकलसँग ठक्कर खाएर दुर्घटना भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइतेलाई तत्कालै गठ्ठाघरमा खटिएको प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुलाई समिट अस्पताल, भक्तपुरमा पुर्‍याइएको थियो।

तर मोटरसाइकल चालक उदयपुर लिमचुङबुङ गाउँपालिका घर भइ हाल भक्तपुर मध्यपुर ठिमी १ लोकन्थली बस्ने २२ वर्षीय मनराज राईको शनिबार रातिनै ज्यान गएको हो।

अवस्था गम्भीर भएपछि समिटले उक्त मोटरसाइकलमा सवार दुवै जनालाई काठमाडौं मेडिकल कलेज सिनामंगल पठाएको थियो। सोही मोटरसाइकलमा सवार घाइते मनिकला राइको उपचार भईरहेको छ।

अर्को मोटरसाइकलका चालक रौतहटको गौर घर भई हाल ललितपुरको मंगलबजार बस्ने ४१ वर्षीय युवराज विकलाई भने सामान्य उपचार पश्चात प्रहरी बृत्त ठिमीमा राखिएको छ।