महानगरीय अपराध महाशाखाले प्रतिबन्धित बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा अपराध महाशाखाको टोलीले मनमैजुबाट पक्राउ गरेको जनाइएको छ । प्रहरीले बाघको छालासहित मनमैजुबाट लमजुङ दूधपोखरी घर भएका ५३ वर्षीय वृषराज घलेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता ईश्वर कार्कीले जनाए ।

उनका अनुसार प्रतिबन्धित बाघको छाला बिक्री–वितरण गर्न लागेको सूचना आएपछि प्रहरीले छापामारी उनलाई पक्राउ गरेको हो । प्रहरीले ६ फिट २ इन्च लम्बाइ र १ फिट २ इन्च चौडा भएको बाघको छाला उनको कोठाबाट बरामद गरेको जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

थप कारबाहीका लागि उनलाई जिल्ला वन कार्यालय हात्तिसारमा पठाइएको अपराध महाशाखा प्रवक्ता कार्कीको भनाइ छ ।