मोरङको ग्रामथान गाउँपालिका–७ का ३३ बर्षीय मनोज शाह खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । शाह सुन्दरहरैचा नगरपालिका–११ बेलेपुर स्थित झरना खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

आज दिउँसो साँढे १२ बजेको समयमा उक्त स्थानमा मानिस डुबी मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शाहलाई मृत अबस्थामा फेला पारेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।