आमाको ममता मानिस र जनावर दुवैमा उत्तिकै हुन्छ ।
चीनमा केही समय अगाडि एक चराले आफ्ना सन्तान बचाउनका लागि ट्य्राक्टरको अगाडि उभिएको भिडियो सार्वजनिक भएको छ । मुटु छुने यो भिडियो सामाजिक सञ्जाल तीव्रताका साथ भाइरल भएको छ र मानिसले खुबै मन पराइरहेका छन् ।
भिडियो चीनको उलाकब शहरको हो । एक ट्य्राक्टर बाटोमा जाँदै गर्दा एउटा चरा त्यसलाई रोक्न पखेटा फैलाएर बसेको देखिन्छ । ट्य्राक्टरभन्दा केही पर अण्डा भएकाले त्यसलाई बचाउन ऊ ट्य्राक्टर अगाडि उभिएको हो ।
ट्य्राक्टर चालकले चरालाई देख्नेबित्तिकै ब्रेक हाने । अनि चरालाई गर्मी भयो होला भनी एउटा बोतलमा पानी पनि राखिदिए । मानिसहरूले यस कदमको प्रशंसा गरिरहेका छन् ।https://twitter.com/i/status/1148751187685937153https://help.twitter.com/en/twitter-for-websites-ads-info-and-privacy



