काठमाडौं, १९ असोज ।अख्तियार आयोगका प्रमुख लोकमान सिंह कार्की क्यानडाबाट सोझै भारतको नयाँ दिल्ली पुगेको खबर छ ।

झण्डै दुई हप्ताअघि अचानक क्यानडा भ्रमणमा निस्किएका लोकमानको नियुक्ति फाइल नदिए सरकारका कर्मचारीलाई नै कारवाही गर्ने सर्वोच्वको फैसलापछि उनी अचानक क्यानडा गएका थिए । अख्तियार स्रोतका अनुसार उनी नेपाल फर्कने कार्यक्रम तय छैन ।

खबरडबलीलाई प्राप्त सुचनाअनुसार कार्की मंगलबार भारतको नयाँ दिल्ली उत्रिएका छन् । आफुलाई सर्वोच्वले नछोड्ने देखेपछि पूर्वजनसेनाको शिविर प्रकरण उछालेर बाहिरिएका कार्कीको दिल्ली फर्काइलाई अर्थपूर्णरुपमा लिन सकिन्छ ।

यता सर्वोच्वले कार्कीको घरमा आजै मात्रै अदालतमा उपस्थितिका लागी सुचना टाँस गर्न पठाएको थियो । तर उनको घर भाडामा दिइएको पाइएको सर्वोच्वका कर्मचारीले बताएका छन् ।

कार्कीको घरमा समसुङको बोर्ड राखेको पाइएको उनको घर गएका पत्रकारहरु बताउँछन् । सामसुङ विवादास्पद व्यापारी दिपक मलहोत्राको कम्पनि हुनसक्ने बताईन्छ ।

सर्वोच्वले कार्कीलाई अदालतमा बोलाउनु, कार्की क्यानडाबाट नेपाल आउनुपर्नेमा दिल्लीतिर लाग्नु र कार्कीको घरमा कोही नभेटिनुसँग के संयोग छ ? त्यो भोली समयक्रमसँगै खुल्ला ? तर कार्की दिल्ली ओर्लनुको रहस्य भने करिब प्रष्टै छ–नियुक्तिका बेला दिल्लीबाट समर्थन पाएका कार्की अहिले सर्वोच्वबाट जोगाइपाउने समर्थनका लागी हुनसक्छ ।

तर कार्की दिल्ली ओर्लिएको आधिकारिक पुष्टी भने हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय