रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गेजेन्द्रबहादुर वलीसहित पाँच जना जुवा खेल्दै गर्दा पक्राउ परेका छन्।

शुक्रबार दिउँसो ३ बजेतिर जिल्ला समन्वय समिति प्रमुख वली, पृथा उत्तरगंगा गाउँपालिका वडा नं. ५ का २९ वर्षीय सुभाश घर्ती मगर, सोही गाउँपालिका वडा नं. १० का ६४ वर्षीय जितेन्द्र बुढा मगर,  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं. ७ का ४२ वर्षीय लिलबहादुर पुन र मुसिकोट नगरपालिका वडा नं. १ का ३७ वर्षीय कमल गिरी पक्राउ परेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ पातुखोलास्थित भरत घर्तीको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको रुकुम पूर्वका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक कपिल शाहीले सेतोपाटीलाई बताए।

उनीहरूको साथबाट २५ हजार नगद, तीन जोडी तास पनि बरामद भएको शाहीले बताए।

गोप्य सूचनाका आधारमा घर्तीको घरमा छापा मार्दा जिल्ला समन्वय प्रमुख वलीसहित पाँच जना पक्राउ परेको र उनीहरूलाई थुनामा राखेर आवश्यक अनुसन्धान भइरहेको शाहीले जानकारी दिए। पक्राउ परेका पाँचै जनाविरूद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको (जुवा) मुद्दा चलाउने तयारी गरिएको पनि शाहीले जानकारी दिए।