दमक/झापाको दमक स्थित मोडल बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दैै झापा दमकका ४ वटा सरकारी कार्यालयका बिपन्न बालबालिकाहरुलाइ शैक्षिक सामाग्रि बितरण गरेको छ ।
सहकारीले दमकको पृथ्बी माबि, दीपेनी आधारभूत बिद्यालय, बिद्योदय र जनता बिद्यालयका बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्रि बितरण गरेको हो ।
सहकारीका अध्यक्ष भोला बरालका अनुसार सरकारी बिद्यालयमा अध्ययनरत बिपन्न समुदायका बिद्यार्थीहरुलाइ लक्षित गरेर कापी, पेन्सिल लगायतका शैक्षिक सामाग्रिहरु प्रदान गरिएको हो ।
सहकारीकी ब्यवस्थापक गीता ढकालका अनुसार सहकारीले बर्षेनी बिपन्न समुदायमा आधारित कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । गतबर्ष दमकको सरस्वती माबिका दृष्टिबिहिनहरुलाइ शैक्षिक सामाग्रि बितरण गरेका थिए ।



